कठमाडौं । स्वदेशी लगानी बाट संचालीत राईड सेयरिङ कम्पनी ‘प्राइमसेवा’ सञ्चालनमा आएको छ । देशको पुंजी विदेश पठाइरहेको बर्तमान अवस्थामा उक्त पुँजि नेपालीलाई नै होस भन्ने उद्देश्यका साथ राईड सेयरिङ एप सञ्चालनमा ल्याएको हो ।
उक्त राईड सेयरिङ कम्पनीले राईडर र प्रयोगकर्ता दुबैका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । राईडरको लागी १५ लाख सम्म दुर्घटना विमा, ४ लाख दुर्घटना उपचार खर्च, हस्पिटल डिस्चार्ज, एम्वुलेन्स, यातायात खर्च वापत २५ हजार र दुर्घटना भएको ६ महिना सम्म २५ हजार आम्दानी गर्न असक्षम भएमा १ लाख थप गरिदिने कम्पनीले बताएको छ । कम्पनीले ६४ भन्दा बढी सेवा दिइरहेको छ ।
राईडर र प्रयोगकर्ताहरुका लागी १ लाख कित्ता (५० हजार शेयर कित्ता राईडर र ५० हजार शेयर कित्ता प्रयोगकर्ता)हरु लाई नि:शुल्क वितरण गर्दै आईरहेको कम्पनीले जानकारी दिएको छ ।
प्राईमसेवा एप प्रयोग गरेबापत राईडरहरुले कुनै पनि सेवा शुल्क तिर्नु पर्ने छैन भने दर्ता शुल्क पनि नि: शुल्क रहेको छ । केही समय पछी अधिकतम् १० प्रतिशत सेवा शुल्क लिने कम्पनीले बताएको छ । उक्त एप चलाउन अनलाईन बाट दर्ता गरी चलाउन सकिने कम्पनीको भनाइ छ । साथै, प्रयोगकर्ताहरु र राईडरहरु लाई ५–५ शेयर कित्ता नि:शुल्क वितरण गर्ने कम्पनीले जानकारी दिएकाे छ ।
राईडर अफर:
राईडरले एप प्रयोग गरेको ३ महिना भित्र २० ट्रीप (राईड) गरे वाफत कम्पनीको १ कित्ता शेयर बोनस नि:शुल्क प्राप्त गर्न सकिने छ । त्यस्तै प्रत्येक राईडरले अधिकतम् १, हजार बराबरको संस्थाको शेयर कित्ता खरिद गर्न सकिनेछ । हरेक महिना एक जना उत्कृष्ट राईडरलाई निजले राईड गरेको एक महिना सम्मको आम्दानीको दोब्बर नगद पुरस्कार प्राप्त गर्ने छ भने छनोट: राईड गरेको आम्दानीको आधारमा गरिने कम्पनीले बताएकाे छ । प्रत्येक दिन लक्की ड्र बाट एक जना राईडर लाई एग्रो गिफ्ट प्रदान गर्ने कम्पनीले बताएकाे छ ।
प्रयोगकर्ता अफर:
प्रयोगकर्ताले एप प्रयोग गरेको ३ महिना भित्र २० ट्रीप गरे वाफत कम्पनीको १ कित्ता शेयर बोनस नि:शुल्क प्राप्त गर्नछ । प्रत्येक प्रयोगकर्ताले अधिकतम् १ हजार बराबरको संस्थाको शेयर कित्ता खरिद गर्न सकिनेछ । प्रति रेफरल बाट २० प्राप्त गर्न सकिने छ । यात्रा गर्ने प्रयोगकर्ताहरु मध्ये लक्की ड्र मार्फत सोहि दिन दुई जना लाई एग्रो गिफ्ट प्रदान गरिने कम्पनीले बताएकाे छ ।
FACEBOOK COMMENTS