काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज रहेको छ ।
कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन हुने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । माघ २ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
FACEBOOK COMMENTS