काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ ।
माघ १९ गते देखि २१ गतेसम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले भने, ‘दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मीले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने छ,’ प्रसाईले भने, ‘एकताले नै समृद्धि हासिल हुन्छ । हाम्रो एकताले समृद्धिको सन्देश दिने छ । हाम्रो लक्ष्य प्राप्ती एवं सफलता हासिल टिम वर्कले नै सम्भव छ, त्यसैले हामी टिम वर्कमा काम गरौं ।’
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासाका बारेमा जानकारी गराए । प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पारेका थिए ।
FACEBOOK COMMENTS