काठमाडौं । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको बैठक २६ मिनेट बसेर स्थगित भएको छ । आज(सोमबार)देखि सुरु भएको तेस्रो अधिवेशन माघ २७ गत बस्नेगरी स्थगित भएको हो ।
अपराह्न ४ बजे संसद बैठक संसद्को हिउँदे अधिवेशन सुरु भएको हो । यसअघि नै बैठक सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको थियो ।
नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जाने तयारी भएको छ ।
तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुँदैछ । विधेयक अधिवेशनका रुपमा रहने हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन् ।
त्यसमध्ये १६ विषयगत समिति छन्। एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट आएका सन्देशसहित पढेर सभामुख देवराज घिमिरेले सुनाए। त्यस्तै अन्य केही प्रस्ताव पनि पेश भएका छन् । अब अर्को बैठक माघ २४ गते बस्ने छ ।
FACEBOOK COMMENTS