काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहराको भूमिगत पार्किङमा फायरफाइटिङ सिस्टम जडान गरेको छ । आज सोमबार महानगरले पार्किङ क्षेत्रमा सरसफाई गरी आवश्यक मात्रामा फायरफाइटिङ मेसिन जडान गरेको हो ।
त्यसअघि पार्किङ खुल्ला गरेको विषयमा काठमाडौं महानगरपालिकासँग असन्तुष्ट रहँदै आएको शहरी विकास मन्त्रालयले तत्काल पार्किङ खुल्ला गर्न नहुने कारणसहित पत्र पठाएको थियो ।
उक्त पत्रको कार्यान्वयन गर्दै महानगरले आज फायरफाइटिङ मेसिन जडान गरि पार्किङलाई थप व्यवस्थित र सुरक्षित गरेको हो ।
शहरी विकास मन्त्रालयले पठाएको पत्रमा भूमिगत पार्किङ सञ्चालन गर्न आवश्यक पर्ने भेन्टिलेसन सिस्टम, फायरफाइटिङ सिस्टम, विद्युत् जडानको काम र सीसीटीभी जडान नभएकाले सुरक्षा जोखिम औंल्याएको थियो ।
काठमाडौं महानगरले धरहरा क्षेत्रमा आजदेखि सवारीसाधन पार्किङ गर्न दिने
शहरी विकास मन्त्रालयले धरहारको पार्किङ खुला गरेको झन्डै एक हप्तापछि शहरी विकास मन्त्रालयले काठमाडौं महानगरलाई उक्त पत्र लेखेको थियो ।
पत्रको जवाफ सामाजिक सञ्जालमार्फत दिँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहरको पार्किङ बन्द नहुने र अझै व्यवस्थापन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बालेनले सर्वसाधारणलाई नि:शुल्क पार्किङको व्यवस्था गर्दा शहरी विकासलाई किन आपत्ति ?
उनले प्रतिबद्धता जनाएको ९ घण्टामा नै धरहराको पार्किङ स्थलमा आगो निभाउने यन्त्र जडान गरि सरसफाई कार्य गरिएको हो । पार्किङलाई आवश्यक पर्ने अन्य संरचनाहरु पनि बनाउँदै जाने महानगरपालिकाले जनाएको छ ।
न्यूरोड क्षेत्रको सडकमा आजदेखि सवारी पार्किङ निषेध, विकल्पमा काठमाडौँ टावर
महानगरले माघ ९ गते न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि काठमाडौं टावर र धरहराको भूमिगत पार्किङको पहिलो तल्लामा पार्किङ खुल्ला गरेको थियो । धरहराको भूमिगत पार्किङको पहिलो तल्लामा मात्र १ हजार ५ सय दुईपाङ्गे सवारी साधन अट्छन् ।
मंगलबारदेखि न्युरोडमा सवारी पार्किङ गर्न नदिने महानगरको तयारी
FACEBOOK COMMENTS