काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ४४ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ८५ दशमलव ७१ विन्दुमा पुगेको छ । आज ३ सय १५ कम्पनीको ७ करोड ६२ लाख ४ हजार ३ सय ७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४५ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ६२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १९ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS