काठमाडौं । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख रुपैयाँ, कोशी प्रदेशबाट सात करोड ८७ लाख रुपैयाँ, मधेशबाट १० करोड पाँच लाख रुपैयाँ, बागमतीबाट सात करोड ८८ लाख रुपैयाँ, गण्डकीबाट आठ करोड १८ लाख रुपैयाँ, लुम्बिनीबाट नौ करोड ३८ लाख रुपैयाँ, कर्णालीबाट एक करोड ५६ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख रुपैयाँ सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार ट्रकरट्याङकरबाट १५ करोड १९ लाख रुपैयाँ, बसरमिनिबसबाट नौ करोड २० लाख रुपैयाँ, काररजिपरभ्यानबाट १८ करोड ९० लाख रुपैयाँ, ट्याक्टरबाट दुई करोड ८८ लाख रुपैयाँ, मोटरसाइकलबाट ३१ करोड १७ लाख रुपैयाँ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख रुपैयाँ राजश्व सङकलन भएको हो ।
राजश्व रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्याङ्कमा उल्लेख छ । मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङकलन गरिएको प्रनाम ढकालले जानकारी दिए ।
उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रकरट्याङकर एक लाख ७० हजार ८४२ वटा, बसरमिनिबस एक लाख नौ हजार ३७७, काररजिपरभ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङकले देखाएको छ ।
FACEBOOK COMMENTS