ललिता निवासको फैसला आज सुनाउने तयारी
कर्पोरट खबर
6:59 am, बिहीबार, फाल्गुन ३, २०८०
काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज (बिहीबार) फैसला सुनाउने तयारी गरेको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज तयार भई नसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । सुनुवाइ सकिएपछि बुधबारफैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।
FACEBOOK COMMENTS