काठमाडौं । सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने प्रविण श्रेष्ठ पक्राउ परेका छन् ।
सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ चुनदेवी बस्ने ५२ वर्षिय प्रविण क्षेष्ठलाई प्रहरीले प्रकाउ गरेको हो ।
एक जना निजी गाडी चालकलाई यही ६ गते उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए । गाडीमै सवार एक जना महिलाले दाइ–दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रविण श्रेष्ठले उनीहरुलाई अपशब्द प्रयोग गरेका थिए ।
उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ । उनी नेपाल प्रहरीको बाहलवाला तथा अवकास प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।
FACEBOOK COMMENTS