काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आगामी साधारण सभाका लागि भोली शुक्रबार फागुन ११ गते बुक क्लोज गर्नेछ ।
यता स्वरोजगारले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्नेछ । यी दुई कम्पनीको लाभांश हात पाउनका लागि आजसम्म सेयरधनी बन्नुपर्ने छ । सिद्धार्थ प्रिमियरले गत आवको नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले फागुन ३० गते सभा बोलाएको छ ।
लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद सहित ७.३६ प्रतिशत लाभांश दिने जनाएको छ ।
लाभांश पारित गर्न फागुन २६ गते सभा बोलाएको छ ।
FACEBOOK COMMENTS