काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको अद्यावधिक सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार लगानीकर्ताले ११२ कम्पनीको शेयर धितो राखेर शेयर धितो कर्जा लिन सक्ने छन् ।
नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।
नेप्सेद्वारा सार्वजनिक गरिएको सूचीमा १९ वटै सूचीकृत वाणिज्य बैंक ८ वटा ,४० वटा लघुवित्त ,५ वटा फाइनान्स, १६ वटा बीमा कम्पनी–७ वटा जीवन र ९ वटा निर्जीवन) गरी कुल ११२ कम्पनी मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा परेका छन् ।
यस्तै लगानी समूहका ४ वटा कम्पनी, उत्पादन समूहका ३ वटा कम्पनी, जलविद्युत समूहका १६ वटा कम्पनी र २ वटा अन्य समूहका कम्पनी यो सूचीमा परेका छन् ।
FACEBOOK COMMENTS