काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।
सेवा प्रवेश गर्दा र बढुवाका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी उनीविरुद्ध परेको थियो ।
उजुरीका आधारमा अनुसन्धान हुँदा भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट लिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रमाणपत्र जारी गर्ने निकायले दिएको सूचना अनुसार भट्टराईले पेस गरेको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।
