काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए । उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए ।
नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरे ।
उनले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गरे । नौसेनाध्यक्ष एक्विलिनो यही फागुन ८ देखि यहाँ जारी ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल भ्रमणमा छन् ।
FACEBOOK COMMENTS