काठमाडौं । बारा जिल्ला दुध उत्पादक सहकारी संघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
किसानहरुले दुध बिक्री बापत पाउनुपर्ने रकम भुक्तानी लगायतका विषयमा फागुन १७ गते १० बजेदेखि १२ बजेसम्म सबै जिल्लाका राजमार्गमा शान्ति पूर्ण रूपमा चक्का जान गर्ने, २१ गतेदेखि माइतीघर मण्डलामा माग पूरा नभएसम्म धर्ना तथा विरोध प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेका छन् ।
दुग्ध सङ्कलन गर्ने डेरी उद्योगहरूले किसानको ३ महिना देखिको करिब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता दिन बाँकी रहेको बताइएको छ । दुग्ध उत्पादक सहकारी संघका चार वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आबद्ध छन् ।
केन्द्रीय दुग्ध सहकारी संघले दुधको भुक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरूप दुध उत्पादक किसानहरूले नेपाल भरी बन्द गर्ने चेतावनी दिएका छन् ।
सरकारसँग मिति २०८० मङ्सिर २६ गते सम्झौता भएकोमा उक्त सहमति कार्यान्वयन नभएको र दुध उत्पादक किसानको माग सम्बोधनमा सरकार गम्भीर समेत नदेखिएको दुग्ध उत्पादक किसानहरूको भनाइ छ ।
FACEBOOK COMMENTS