काठमाडौँ । रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने व्यक्तिलाई लुटपाट गरेको अभियोगमा डान्सबारका सञ्चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले रक डान्सबारका सञ्चालक काभ्रेको चौरी देउराली गाउँपालिका–९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मेलुङ गाउँपालिका–४ का २९ वर्षीय मधुकर गोलेलाई पक्राउ गरेको हो ।
उनीहरूले अनलाइनमार्फत अर्डर लिइएका खानेकुरा लैजाने क्रममा डर, धाक धम्की देखाउँदै लुटपाट र कुटपिट गरेको प्रहरीले जनाएको छ ।
यही आइतबार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS