काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दर्खास्त आव्हान गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले दर्खास्त आव्हान गरेको छ । अध्यक्षका लागि योग्य व्यक्तिले १५ दिन भित्र आवेदन दिनुपर्ने छ ।
अध्यक्ष छनोट समितिले मंगलबार कार्यबिधी सार्वजनिक गरेको छ । बोर्ड अध्यक्ष बन्नका लागि स्नातकोत्तर उतिर्ण गरेको, सात बर्षको पेसागत अनुभव हासिल गरेको, बाणिज्य, कानुन, धितोपत्र बजार र ब्यवस्थापन,पुँजी बजार बिकाश, आर्थिक, बित्तीय क्षेत्रमा अनुभव हासिल गरेको हुुनुपर्नेछ ।
FACEBOOK COMMENTS