कोलम्बो । श्रीलंका सरकारले आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला उद्यमीहरु (एसएमई) र अन्य व्यवसायीहरुलाई सहयोग गर्न २० अर्ब रुपैयाँ (करिब ६४ दशमलव ५ मिलियन अमेरिकी डलर) ऋण उपलब्ध गराउने भएको छ ।
मन्त्रीपरिषदका प्रवक्ता बन्दुला गुणवर्दधनाले सो प्रयोजनका निम्ति एसियाली विकास बैंक (एडीबी) को सहयोग प्राप्त हुने पत्रकार सम्मेलनमा बताएका छन् ।
प्रवक्ता गुणवर्दधनाले नयाँ र स्थापित दुवै व्यवसायलाई १५ अर्ब रुपैयाँ (४८ दशमलव ३ मिलियन डलर) ऋणमा पहुँच प्रदान गर्ने र बाँकी ५ अर्ब रुपैयाँ (१६ दशमलव १ मिलियन डलर) निष्क्रिय कर्जाको मारमा परेका साना तथा मझौला उद्योगका लागि विनियोजन गरिने बताए । ऋण संस्थाहरु मार्फत वितरण गरिनेछ ।
FACEBOOK COMMENTS