काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीईओ तुलसी गौतम, प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समातेको विषयमा नेपाल बैंकर संघले छलफल गरेको छ ।
आजको छलफलमा एक पटक कर्जाका प्रवाहको विषय प्रहरी प्रशासनलाई स्पष्ट पार्ने तर प्रहरीले रिहा नगरेको खण्डमा पेन डाउन गरेर विरोध गर्ने चतेवनी दिएका हुन् ।
नेपाल बैंकर्स संघले आकस्मिक बैंठकमा वाणिज्य बैंकका सीईओ सहभागी थिए ।
ओभर भ्यालुएसन (अधिक मूल्यांकन) गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्वबैंकर समातेपछि बसेको बैंकर्स संघको बैंठक बोलाएको थियो ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० बैंकर समातेको थियो । धितोले धान्नेभन्दा धेरै कर्जा प्रवाह गरेको अनुसन्धानमा देखिएपछि मंगलबार तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई सीआईबीले पक्राउ थियो ।
उनीहरुलाई अनुसन्धान गर्न अदालतले एक हप्ताको समय दिएको छ ।
FACEBOOK COMMENTS