काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले घर कर्जाको व्याजदर घटाएको छ ।
बैंकले अब ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । यसअघि बैंकले १० दशमलव ९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको थियो ।
बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षका लागि स्थिर रहनेगरि ९ दशमलव ९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना अघि सारेको हो ।
७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १ प्रतिशत बढी को प्रिमियम दर लागु हुनेछ । कर्जा रकमको ० दशमलव ५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ । घर कर्जाअन्तर्गतका अन्य सुविधामा नि:शुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS