काठमाडौं । आन्दोलनरत दुग्ध किसान र सरकारबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगन भएका छन् ।
दूध बिक्री गरेको पैसा उद्योगहरूबाट पाउनुपर्नेमा लामो समयदेखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि आन्दोलन गरिरहेका थिए ।
दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्थ, नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबिच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति गरिएको हो ।
सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गरिसक्ने भनिएको छ । त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ ।
FACEBOOK COMMENTS