काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्ने दाबी गरेका छन् ।
बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले प्यानिक रहेका सेयर लगानीकर्तालाई राहत हुने काम गर्ने जानकारी गराएका छन् ।
मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने जानकारी गराए । अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने उनको तर्क छ ।
‘सेयर बजारमा बेलाबेला तलमाथि भइरहन्छ । सेयर बजारमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ । त्यहाँ ६० लाखभन्दा धेरै ग्राहकहरू, सेयर होल्डरहरू रहेको अवस्था छ’ उनले भने, ‘यो क्षेत्र ६० लाखको काम व्यवहार र भविष्यसँग जोडिएको क्षेत्र हो ।’
FACEBOOK COMMENTS