काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाबिच एक आपसमा मर्जर भएर आजदेखि एकीकृत कारोबार हुने भएको छ ।
दुवै संस्था मर्जर भएपछि सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । कम्पनीले आजदेखि १५ दिनसम्म यो कम्पनीको सेयर कारोबार राक्का गरेको छ ।
‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का भएको जनाएको छ । दुवै संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।
मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपामा हुनेछ । दुवै संस्था मर्जरमा जान नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएका थिए । असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारणसभाले मर्जमा जाने प्रस्ताव पारित गरेका थिए ।
FACEBOOK COMMENTS