काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुन:गठनबाटै धेरै प्रश्नहरूको जवाफ आइसकेको बताएका छन् ।
संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वत: सम्बोधन भएको बताएका हुन् ।
‘सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुन:गठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसक्नुभएको छ । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुन:गठनसँगै असान्दर्भिक भएको छ ।’
सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसद्मा विशेष सम्बोधन गर्नेसमेत प्रष्ट पारे ।
FACEBOOK COMMENTS