काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ ।
सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई जारी गरेको आइपीओ आज (शुक्रबार) बाँडफाँट भएको हो। यसमा गोलाप्रथामार्फत ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् ।
जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् । सर्वोत्तमको आइपीओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकामा १ हजार ३४२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।
रितपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । सर्वोत्तमले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री गरेको थियो । बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६० दशमलव ९० रुपैयाँ भाउमा आइपीओ जारी भएको हो ।
FACEBOOK COMMENTS