काठमाडौं,फागुन २४- मिर्गौला प्रत्यारोपण गरिएको शुक्रबार तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ ।
उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकाअनुसार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् ।
मिर्गौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उनलाई ठोस आहार दिन थालिएको छ ।
FACEBOOK COMMENTS