काठमाडौं । एनएमबि बैंकले लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना योजना सार्वजनिक गरेको छ ।
समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्घन गर्न बैंकले यस्तो योजना सार्वजनिक गरेको हो । यो नितिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्सान गर्ने बैंकले जनाएको छ ।
जीईएसआईले समग्र बैंकिङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्र्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सृजना गर्न मद्दत पुर्याउने विश्वास बैंकको छ । बैंकले जीईएसआई योजना कार्यान्वयन गर्दै काठमाडौंको महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्जस्थित शाखाहरूमा फरक ढङ्गले सक्षम ग्राहकहरूलाई ह्विलचेर र्याम्प स्थापना गरेको छ ।
साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व (ओमेन लिडरशीप) कार्यक्रम समेत सुरुवात गरिसकेको छ । महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेकोछ ।
बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तिमा ल्याइसकेको छ । एनएमबि बैंकले हाल देशभरि २०१ वटा शाखाहरू, १८३ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS