काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा श्रीमतीले हिर्काउँदा श्रीमानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाई छन् । आफ्नी श्रीमती ४० वर्षीया कमला परियारले लठ्ठी प्रहार गर्दा दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै कमला परियारलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको प्रहरीको भनाइ छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS