काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सेयर बजारका विषयमा निकै चासो देखाएका छन् । उनी बजार सुधारमा लागि लाग्ने देखिएको छ ।
मन्त्री आएलगत्तै अर्थ मन्त्रालयले धितोपत्र बोर्ड लगायत सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।
पुँजी बजारको विकास र विस्तारका लागि आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव मागेको बताइएको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएससीलाई बजार सुधार गर्न पत्र लेखेको हो । बजार सुधारका लागि ७ दिनभित्र योजना बुझाउनु पर्ने जनाइएको छ ।
FACEBOOK COMMENTS