काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन्।
प्रतिनिधिसभाको बैठकमा उपस्थित २६८ सदस्यमध्ये दाहालको पक्षमा १५७ मत पर्यो। विपक्षमा उभिएका कांग्रेस, राप्रपासहित दलले मात्र होइन, पक्षमै मतदान गरेका दलले पनि प्रधानमन्त्रीप्रति आशंका र अविश्वास व्यक्त गरेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादी ९नेकपा एस०, नागरिक उन्मुक्ति पार्टी ९नाउपा० सहित दल र स्वतन्त्र सांसदले दाहाललाई विश्वासको मत दिएका हुन्। रास्वपा, जसपा, नेकपा एस, नाउपाका नेताहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति आशाभन्दा धेरै आशंका र अविश्वास गर्दै विश्वासको मत दिएका हुन्।
उनीहरूले प्रधानमन्त्री दाहाल राम्रो काम गरेर इतिहास बनाउनुको साटो सत्ताका लागि गठबन्धन मात्र परिवर्तन गर्न लागिपरेको आरोप लगाएका छन्। यसले दाहाललाई ‘इनफ इज इनफ’ भन्ने दिन आउन सक्नेतर्फ पनि साझेदार दलका नेताले सचेत गराएका छन्।
जसपा सांसद राजकिशोर यादवले गणपूरक र प्राविधिक रूपमा बहुमत पु¥याउन मात्र प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफूहरू तयार भएको बताए। प्रधानमन्त्रीलाई लामो समय कुर्सीमा बस्नभन्दा इतिहास रच्ने काम गर्न आग्रह गर्दै उनले भने, ‘यहाँको कार्यकाल लामो कति होला, म यकिनसाथ भन्न सक्दिनँ। तर आयु तपाईंकै हातमा छ।’ जनयुद्ध लडेका दाहालले आफू बाँचुन्जेल उथलपुथल गरिदिन्छु भनेको प्रसंग उठाउँदै यादवले भने, ‘यही हो उथलपुथल, सहयात्रीलाई थाहै हुँदैन।’
यादवले अरू देशमा सहयात्रीका कारण गठबन्धन धरापमा पर्ने गरे पनि नेपालमा भने प्रधानमन्त्री नै कारण भएको बताए। त्यति मात्र होइन, पटकपटक दाहालको पक्षमा उभिए पनि उनले सत्ता र शक्तिका लागि धोका दिँदै बाटोमा अलपत्र छाडेर हिँडेको गुनासो सत्ता साझेदार दलका सांसदले गरे।
आगामी दिनमा पनि दाहालबाट फेरि धोका हुँदैन भन्नेमा विश्वास गर्ने आधार नभए पनि विश्वासको मत दिने उनीहरूले बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS