काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४४ रुपैयाँ ७१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS