काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालय साँँखुुले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरको छ ।
दुई दिनसम्म संचालन भएको सो कार्यक्रम विशेषत: ग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा उनीहरुसंग समसामयिक विषयक अन्तरकृयामा केन्द्रीत थियो ।
कार्यक्रममा का वक्ताहरुले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहक वर्गमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा शहरी क्षेत्रका वासिन्दा लाभान्वित भएको बताएका थिए ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले ग्राहकलाई सानो सानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको विषय प्रशंसायोग्य रहेको बताए ।
कम्पनी संचालक उमा जोशी बोहराले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताइन् । प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङले उद्देश्य अनुसारको कर्जा लिई सहि ठाँउमा लगानी गरी प्रतिफल प्राप्त हुने गरी कार्य गर्न र संस्थाको नाम अनुसार स्वावलम्बी हुन आग्रह गरिन् ।
सोही अवसरमा गोकर्णेश्वर न.पा वडा नं. ६ की वडा सदस्य मञ्जु पुडासैनीले आफ्नो मन्तब्यका क्रममा लघुवित्तले समाजमा सामुहिक दायित्वका आधारमा विना धितो कर्जा प्रवाह गरेका कारण महिलाहरुको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठुलो मद्दत गरेको र यसबाट उनीहरुको आर्थिक उन्नतिमा ठुलो प्रगती भएको बताइन् । यता, कागेश्वरी मनोहरा वडा नं. ७ की वडा सदस्यसुनिता बोगटीले आफ्नो ब्यवसाय संचालनको सहयात्री स्वावलम्बन रहेको बताइन् ।
FACEBOOK COMMENTS