काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।
मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाइएको छ । २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । २०८१ वैशाख ४ गते परिपक्व हुनेछ ।
१८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो २०८१ असोज १ गते परिपक्व हुनेछ । १ वर्षको लागि ९ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो २०८१ चैत ४ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी अल्पकालीन ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
FACEBOOK COMMENTS