काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने छ । अरुण भ्याली कम्पनीले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको छ । प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद सेयरको लागि माघ १५ गते बुक क्लोज गरेको छ । माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।
आवेदन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ । मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ भने धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS