काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रुपमा नेपालको प्रतिनिधित्व गरेकी छिन् । युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो ।
जसले विविधता र सशक्तिकरणका साथ विश्व भरका महिलाहरूको प्रतिभा र उपलब्धिहरु प्रदर्शन गर्दछ । कम्बोडियाको नोम पेनमा २ दिन सम्म सन्चालन भएको युनिभर्सल वुमन २०२४ मा ५० वटा देशका प्रतिस्पर्धिहरु क्राउनको लागि प्रतिस्पर्धा गरेका थिए ।
निर्णायकको लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिने नेपालको प्रतिबद्धतालाई पूरा गरेको छ ।
युनिभर्सल वुमनकी निर्णायक तथा ग्लोबल ग्ल्यामर भेन्चर्स प्रालिकी डिरेक्टर संगीता पुरीले भनिन्, ‘युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्तै गौरवानवित महसुस गरेकी छु । यस्तो प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाहरुले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु एउटा सौभाग्यको कुरा हो । मैले यो कार्यक्रमबाट धेरै कुरा सिकेकी छु र मिस युनिभर्स नेपाल २०२४ मा मैले सिकेका सबैकुरा लागु गर्न उत्साहित छु ।’
उनी युनिभर्सल वुमनका जजहरु मध्ये सबैभन्दा कम उमेरकी जज पनि हुन् । ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो ।
FACEBOOK COMMENTS