काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १ हजार ७६४ औँ धनी व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चौधरीको कुल सम्पत्ति १.८ बिलियन डलर रहेको छ । उनी सन् २०२२ मा १ हजार ९२९ औँ स्थानमा थिए ।
एक वर्षको अवधिमा चौधरीको सम्पत्ति भने वृद्धि भएको छैन् । उनको सम्पत्ति एक वर्ष सम्म स्थिर रहेको तथ्याङ्कले देखाएको छ । पत्रिकाको अनुसार गत वर्ष उनको सम्पत्ति १.४ बिलियन डलर नै रहेको थियो ।
फोब्र्सको तथ्याङ्क अनुसार सन् २०१५ देखि सन् २०२४ सम्म आइपुग्दा उनको सम्पत्ति ५ बिलियन डलरले बढेको हो ।
चौधरीले क्रमशः सन् २०१५ मा १.३ बिलियन डलर, सन् २०१६ मा १.१ बिलियन डलर, सन् २०१७ मा १.३ बिलियन डलर , सन् २०१८ मा १.५ बिलियन डलर , सन् २०१९ मा १.७ बिलियन डलर, सन् २०२० मा १.४ बिलियन डलर , सन् २०२१ मा १.४ बिलियन डलर , सन् २०२२ मा १.५ बिलियन डलर , सन् २०२३ मा १.८ बिलियन डलर , सन् २०२४ मा १.८ बिलियन डलर सम्पत्ति आर्जन गरेका हुन् ।
भारतीय अर्बपतिबाहेक दक्षिण एसियामा यस अघि चौधरी एक मात्र अर्बपति थिए भने अहिले बंगलादेशका मोहोमद आजिज खान पनि अर्बपतिमा थपिएका छन् । उनको सम्पत्ति १.१ बिलियन डलर रहेको छ । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोब्र्सको अर्बपतिको सूचीमा छैनन् ।
फोब्र्सको अर्बपतिको सुचीमा पहिलो नम्बरमा फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट छन् । उनको सम्पत्ति २ सय ३३ बिलियन डलर रहेको छ । दोस्रो नम्बरमा अमेरिकाका एलन मस्क रहेका छन् । उनको कुल सम्पत्ति १ सय ९५ बिलियन डलर रहेको छ । अर्बपतिहरको सूचीमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको सो पत्रिकाले जनाएको छ । फोब्र्सको तथ्याङ्क अनुसार सन् २०२४ सम्म विश्वभर अर्बपतिको संख्या २ हजार ७८१ पुगेको छ ।
FACEBOOK COMMENTS