काठमाडौं । नयाँ वर्षमा १४ संस्करणको ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ हुने भएको छ । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एउटा महान उत्सवको रुपमा गैर–प्रतिस्पर्धी कार्यक्रमको रुपमा यो कार्यक्रम आयोजना हुन लागेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार चैत्र ३० गते नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट राइड सुरु हुनेछ भने राइडरहरु आआफ्नो मोटरसाइकल चढेर करिव २०० किमिको दुरी पारगर्दै त्यहि बेलुकी पोखरा पुग्ने छन् ।
त्यसदिन होटल ल्यान्डमार्क लेकसाइड पोखरामा त्यो रातको बास, गाँस र चास (मधुशाला, पार्टी, मनोरंजन) को व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस कार्यक्रममा रोयल इन्फिल्ड कम्पनीका सबै मोटरसाइकल धनीले भाग लिन सक्ने छन् ।
कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल रहेको कम्पनीले बताएको छ ।
कार्यक्रमकै अंश अनुरुप चैत्र ३० गतेका दिन लाईभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरि सहभागीलाई भरपुर मनोरंजन प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस पटकको कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अस्ट्रिया लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागीहरु रहनेछन् ।
कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य उदेश्य भनेको नै मोटरसाइकल यात्रा मार्फत भातृत्वको विकास गर्नु हो । यसको अर्को रमाइलो पक्ष भनेको सहभागीलाई प्रदान गरिने सुन्दै रोचक लाग्ने विभिन्न किसिमका पुरस्कारहरु दिइन्छ ।
बेस्ट पोकर हात, बेस्ट इन्फ़िल्ड अवार्ड, सपोर्टिङ्ग वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लामो दूरी राइडर र हार्ड लक अवार्ड (यात्रा अवधिभर जसको मोटरसाइकलले सबै भन्दा धेरै दुःख दियो) लगायतका अवार्ड दिइने कम्पनीले जनाएको छ ।
समुहगत वा व्यक्तिगत मनोरंजनका निम्ति मात्रै नभई यस पोकर रन नेपाल कार्यक्रमले सामाजिक उत्तरदायित्व बहनको कार्य पनि गरिने कम्पनीले उल्लेख गरेको छ।
FACEBOOK COMMENTS