काठमाडौं । मोबाइल रिचार्ज गर्दा कुमारी बैंकका ग्राहकले ‘आइफोन–१५’ पाउने भएका छन् ।
नयाँ वर्ष २०८१ को अवसरमा बैंकले ल्याएको विशेष अफरअन्तर्गत डाटा प्याक खरिद गर्दा र मोबाइलमा टपअप (रिजार्च) गर्दा ‘आइफोन–१५’ पाउने भएका हुन् ।
कुमारी बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौँ आइफोन–१५’ सुचारु गरेको छ । अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी रू. ५०० को रिचार्ज र कुनै पनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आइफोन–१५ जित्न सक्ने छन् ।
यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्ने छन् । साथै, यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।
नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ्ग कारोबार सुरू गर्दै नेपालको पन्ध्रौं वाणिज्य बैंकको रूपमा अस्तित्वमा आएको हो ।
कुमारी बैंक लिमिटेडले ३०२ वटा शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्ग एकाइहरूसहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरूमार्फत आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS