काठमाडौं । चैत्र महिनामा घरजग्गाको कारोबार घटेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन महिनाको तुलनामा चैत्रमा घर जग्गाको कारोबार घटेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत्र महिनामा ५० हजार २३५ वटा लिखित पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९९८ वटा संख्यामा रहेको थिया ।
चैत्रमा ५ हजार ८८६ वटा नामसारी भएको छ । अघिल्लो महिनाको तुलनामा चैत्रमा भने नामसारी गर्नेको संख्या बढेको छ । फागुन महिनामा ५ हजार ६९९ वटा नामसारी भएको विभागको तथ्यांकले देखाएको छ । फागुनमा लिखित पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९ वटा जग्गाको भएको थियो ।
यस्तै, चैत्रमा ३९ हजार ८ सय २२ वटा जग्गा रोक्का र २९ हजार २ सय ४७ वटा जग्गा फुकुवा भएको छ । चैत्र महिनामा भएको घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
चैत्रमा ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो महिना अर्थात् फागुनमा घर जग्गाबाट सरकारलाई ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
FACEBOOK COMMENTS