काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज १४ दशमलव ८१ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९९१ दशमलव ७१ विन्दुमा रोकिएको छ ।
यस दिन ३१२ धितोपत्रको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर ३९ हजार ४७६ पटक खरिदबिक्री हुँदा दुई अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ ५८ पैसा बराबरको शेयर कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्सका साथै आज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा ०.६३ देखि ०.७३ प्रतिशतसम्मले घटेका छन् । यस्तै, १३ वटै उपसूचकहरू पनि राताम्मे बनेका छन् ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६ विन्दुमा रोकिएको थियो भने दुई अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका धितोपत्रमध्ये १०.७५% एसबीएल डिबेञ्जर २०८९ र गोर्खाज फाइनान्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको शेयर मूल्य आज क्रमशः ९.९९% र ९.९६% ले वृद्धि भएका छन् ।
यस्तै, रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।
FACEBOOK COMMENTS