काठमाडौं । अल्लु अर्जुन अभिनित हिन्दी चलचित्र ‘पुष्पा २’ ले रिलिजअघि नै एक हजार करोड रुपैयाँ कमाउने भएको छ ।
चलचित्रको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएसँगै सो रकम कमाउन लागेको हो ।
कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २०० करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसिज राइट्स १०० करोडमा बिक्री भएको बताइएको छ ।
त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । र, स्याटेलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ । यी सबैलाई एकसाथ लिने हो भने ‘पुष्पा २’ को रिलिज अघिको व्यापार १००० करोड रुपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS