काठमाडौ, चैत्र ५- महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको सानो भ-याङबाट फेरि १० लाख थान सर्जिकल मास्क बरामद गरेको छ । महाशाखाको टोलीले गोरखा स्थायी घर भएर सानो भ-याङबाट दीप ओभरसिजका संचालक युवराज न्यौपानेलाई पक्राउ गरेको छ ।
मास्कमा कालोबजारी भैरहेको गुनासोसँगै आक्रमक रुपमा उत्रिएको प्रहरीले सानो भ¥याङबाट १० लाख मास्क बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । यसअघि प्रहरीले शनिबार,आइतबार र सोमबार ११ लाख थान मास्क बरामद गरेको थियो ।
कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र गएराति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ ।
FACEBOOK COMMENTS