एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमित आशंकामा अस्पताल भर्ना भएका एक युवाले आत्महत्या गरेका छन् । अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले दिल्लीको सफरजंग अस्पतालबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
उनलाई बुधबार राति नै आईजीआई विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो ।अस्पताल भर्ना गरेको केही समयमै उनले आत्महत्या गरेका हुन् । ती व्यक्ति कोरोनाभाइरसको बिरामी भए नभएको पुष्टिसमेत भएको थिएन् ।
चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । भारतमा मात्रै हालसम्म कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने १५९ जना संक्रमित छन् ।
FACEBOOK COMMENTS