काठमाडौं– एनसेलले रामलक्ष्मण ईनोभेसन्स्सँग सहकार्य गर्दै ‘लेट्जगो’ नामक सार्वजनिक यातायात सम्बन्धि मोबाइल एप ल्याएको छ।
जस मार्फत प्रयोगकर्ताले विभिन्न रुटमा चल्ने बसहरु हाल कहाँ छन् र आफूले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफुलाई पायक पर्ने बिसौनीमा आईपुग्छ भन्ने जानकारी लिन सक्नेछन्।
यसबाट बस स्ट्यान्डमा लामो समय अन्यौलपूर्ण रुपमा प्रतिक्षा गर्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने एनसेलले जनाएको छ।
एपले प्रयोगकर्तालाई विद्यमान समयमा संचालनमा रहेका सार्वजनिक बसको बारेमा जानकारी दिन्छ र सोही अनुसार प्रयोगकर्ताले आफूलाई पायक पर्ने बस बिसौनीमा गई बस चढ्न सक्छन्।
लेट्जगो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले एनसेलको सिमकार्ड प्रयोग गरी सर्वप्रथम एप सुचारु गर्नु पर्छ। एप सुचारु गरे पश्चात कुनै पनि डाटा नेटवर्कमा रही यसको प्रयोग गर्न सकिनेछ। एप गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ।
सुरुआति चरणमा यो एपले काठमाडौं उपत्यकाको १०८ वटा रुटहरुमा संचालनमा रहेका ६०० भन्दा बढी सार्वजनिक सवारी साधनका बारेमा जानकारी प्रदान गर्नेछ।
FACEBOOK COMMENTS