अन्जनराज न्यौपाने
तनहँ,ू ६ चैत्र
नोवेल कोरोना भाइरस ९कोविड–१९० को सन्त्रास बढ्दै गएपछि तनहँुको म्याग्दे गाउँपालिकाले बुधबारदेखि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका सेवाग्राहीलाई नोवेल कोरोना भाइरस बारे पूर्ण रुपमा जानकारी दिने उद्देश्यका साथ हेल्पडेस्क सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए। म्याग्दे गाउँपालिकाको कार्यालय हातामा स्थापना गरिएको उक्त हेल्पडेस्कबाट स्वास्थ्यकर्मीहरुले जानकारी दिएकाछन् । सेवाग्राहीलाई कार्यालय प्रवेश अगाडि साबुन पानीले हात धुन वा स्यानिटाइजरबाट हात धुन लगार्इएको छ । सो अभियानको शुभारम्भ प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्यानिटाइजरबाट हात धोएर गरेका थिए ।