काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गरेको छ ।
सो विद्यालयमा कक्षा एलकेजीदेखि कक्षा चारसम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको बैंकले जनाएको छ । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिङ सुरक्षा तथा सचेतनासम्बन्धी वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रवन्धक सुशील निरौला, विद्यालयका प्रधानाध्यापक देवीमाया अधिकारी तथा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति थियो ।
हाल बैंकले ९७ वटा शाखा, २२ वटा एक्सटेन्सन काउण्टर, ७ वटा प्रदेश कार्यालय, १३ वटा शाखारहित बैंकिङ सेवा, १२१ वटा एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS