काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ ।
हिजो शनिबार काठमाडौंमा भएको क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७०० जना भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले अभिकर्ताहरूको कामप्रति उच्च सम्मान व्यक्त गर्दै काम गर्न ऊर्जा प्रदान गरेका थिए ।
यस्तै, कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरूलाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधैं सहजीकरण गर्ने बताए ।
यसैगरी, कम्पनीका नायव महाप्रबन्धक एवम् नेशनल सेल्स हेड सोनबहादुर मगरले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि हो, त्यसैले आफ्नो पेशामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न प्रोत्साहन गरे ।
कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरूलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा बिक्रीकलासम्बन्धी तालिम प्रदान गरेका थिए भने कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलको रोचक तथा उत्प्रेरणात्मक प्रस्तुती रहेको थियो । गजुरेलले जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्ने विश्वस व्यक्त गरे ।
FACEBOOK COMMENTS