काठमाडौं । निर्जीव बीमा कम्पनी नेको इन्स्योरेन्सले चैत मसान्तसम्मा करिब ८२ प्रतिशत दाबी भुक्तानी गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को प्रारम्भमा कम्पनीमा बाँकी चार हजार ९२० वटा दाबी भुक्तानीमा निवेदन र त्यसयता तैत मसान्तसम्म थपिएका निवेदनमाथि आवश्यक प्रक्रिया पुर्याई ८२ प्रतिशत भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
भुक्तानी भएका दाबीहरूमध्ये कृषिसँग सम्बन्धित मात्रै एक हजार ७९६ वटा निवेदन थिए । त्यसबापत कम्पनीले ८ करोड ४४ लाख भन्दा बढीको दाबी रकम भुक्तानी गरेको जनाएको छ ।
यस आर्थिक वर्षको अन्त्यसम्ममा थप दाबी भुक्तानी भई भुक्तानी हुन बाँकी दाबीको सङ्ख्यालाई पनि घटाउनेगरी कम्पनीले काम गरिरहेको जनाएको छ । दाबी परेका र कागजात पूरा भएका दाबीहरुको यथाशीघ्र भुक्तानी दिने नीति कम्पनीले लिएको बताइएको छ ।
नेको इन्स्योरेन्स विगत २८ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा क्रियाशील कम्पनी हो ।
FACEBOOK COMMENTS