काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग इलामबाट नव निर्वाचित सांसद सुहाङ नेम्वाङले भेट गरेका छन् ।
शपथपछि आज मन्त्रालय पुगेका नेम्वाङलाई मन्त्री भण्डारीले सांसद नेम्वाङसित इलाममा उद्योग मन्त्रालयबाट गर्न सकिने योजनाका बारेमा सुझाव दिन आग्रह गर्दै सबै क्षेत्रमा समानुपातिक हिसाबले बजेट विनियोजन हुने जानकारी गराए ।
सांसद नेम्वाङले इलाममा चिया, कफी र दुग्धजन्य उद्योगमा उद्योग मन्त्रालयबाट बजेट तथा अन्य उद्योग सञ्चालनका लागि अपेक्षा व्यक्त गरे ।
भेटका क्रममा मन्त्री भण्डारीले इलाम पर्यटकीय क्षेत्र भएको उल्लेख गर्दै मन्त्रालयबाट समानुपातिक हिसाबले बजेट विनियोजित भएको र इलामका लागि विशेष कार्यक्रम ल्याउन सांसद नेम्वाङलाई आग्रह गरे ।
FACEBOOK COMMENTS