काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गर्ने एक जना शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय पुरूष छन् ।
नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्बिरलाई ती पुरुषले अश्लील तस्बिरमा अनुहार जोडी अश्लील गतिविधियुक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्रहत्या गरेको प्रहरीले नजाएको छ ।
पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा निजी विद्यालयका शिक्षक खुल्न आएका ती पुरूषको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS