विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले एमाले प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कार्कीले ५२ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
उनले आजै शपथ ग्रहण गर्ने तयारी छ ।
कार्की यसअघि पनि मुख्यमन्त्री बनेका थिए ।
FACEBOOK COMMENTS